पाल्पामा गुडिरहेको जीपमा ढुंगा खस्दा तीनको मृत्यु

 पाल्पा - पाल्पाको जोर्तेमा पहिरोले जीप पुर्दा तीन जनाको ज्यान गएको छ । अरु ८ जना घाइते भएका छन् ।

गुल्मीको तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० नम्बरको जीप जोर्तेमा पहिरोमा पुरिएको हो ।

जीपमा रहेका दुई पुरुष र एक महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ।
दुर्घटनामा घाइते भएका एक बालकसहित ८ जनालाई उपचारका लागि तानसेन पठाएको छ ।

जीपलाई जोर्तेमा ढुङगासहितको पहिरोले पुरेको हो । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।