सुन प्रकरण : त्रिभुवन विमानस्थल भन्सारका १३७ जनाकर्मचारीले मागे सरुवा

काठमाण्डौँ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद तस्करीको ६० केजी बढी सुन प्रकरणले विमानस्थलका कर्मचारीमा तहल्का मच्चिएको छ । विमानस्थल भन्सारका १३७ जना कर्मचारीले एकै पटक सामूहिक सरूवा मागेका छन् । काम गर्ने वातावरण नभएको भन्दै कर्मचारीहरूले एकै पटक सरूवा मागेका हुन् ।

सुन प्रकरणलाई लिएर आफूहरूलाई विनाकारण दुस्ख दिने तथा मानसिकरूपमा क्षतविक्षत् बनाएकाले कार्यालयमा रही कामकाज गर्न कठिनाई महसुस भएको उनीहरूले बताएका छन् ।