'विद्यार्थी विदेश पलायन रोक्नु आजको आबश्यकता हो' : मन्त्री भट्टराई

काठमाण्डौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यार्थीलाई स्वदेशमै उच्च शिक्षाको व्यवस्था गर्न सरकारले ध्यान दिने बताएकी छन् ।
मंगलबार त्रिभुवन विश्वविद्यालयको विश्वविद्यालय सभा बैठकमा बोल्दै उनले नेपाल प्रतिभा पलायनको समस्याले आक्रान्त रहेको बताइन् ।

रोजगारीका अलावा उच्च शिक्षा आर्जनका लागि समेत हरेक वर्ष ठूलो संख्यामा नेपाली युवा विद्यार्थी नेपाल छोडेर अन्यत्र गइरहेको भन्दै उनले युवालाई स्वदेशमै रोक्न शैक्षिक कार्यक्रमलाई समयानुकूल परिमार्जन र परिवर्तन गर्नु आवश्यक रहेकोमा जोड दिइन् ।