समाजवादी मोर्चाले आज विद्यार्थीको मोर्चाको औपचारिक घोषणा गर्ने 

 काठमाण्डौँ - समाजवादी मोर्चाले आज विद्यार्थीको मोर्चाको औपचारिक घोषणा गर्ने तयारी गरेको छ । च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनियरिङमा विद्यार्थी मोर्चाको घोषणाका लागि कार्यक्रम तय भएको छ ।

‘समाजवाद र समाजवादी शिक्षाका आधार’ विषयक कार्यक्रमका साथ विद्यार्थीको मोर्चा घोषणा हुन लागेको हो ।