बागमती प्रदेश : दुई कर्मचारीलाई सचिव पदमा बढुवा गर्ने 

 हेटौंडा - बागमती प्रदेश सरकारले २ जना कर्मचारीलाई ११ औं तह प्रदेश सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ । आइतबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले स्वास्थ सेवा तर्फका नारायणबहादुर कार्की र इन्जिनियर सेवा तर्फका लोकनाथ रेग्मीलाई ११ औं तहमा बढुवा गर्ने निर्णय गरेको प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले जानकारी दिए ।

उनका अनुसार बैठकले प्रदेश निजामती सेवा ऐन २०७९ कार्यान्वयन गर्दै उनीहरुलाई सो तहमा बढुवा गर्ने निर्णय गरेको हो । ऐन अनुसार सो तह प्रदेश सचिव सरह हुने व्यवस्था रहेको छ । प्रदेश सरकारले यस अघि नै ऐन अनुसार दुई जनालाई ११ औं तहमा बढुवा गरि पद्स्थापन गरिसकेको छ ।