प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद्को बैठक आव्हान

 काठमाडौँ - सरकारले संवैधानिक परिषद्को बैठक आव्हान गरेको छ । मंगलबार दिउँसो ४ बजे बस्नेगरी बैठक आह्वान गरिएको हो । परिषद्को आगामी बैठकले सर्वोच्चमा अदालतमा साउन २० गतेबाट रिक्त हुने प्रधानन्यायाधीश पदमा सिफारिस गर्नेछ ।

सर्वोच्चका प्रधानन्यायाधीश हरिकृष्ण कार्की यहि साउन २० गतेबाट उमेरददका कारण अनिवार्य अवकासमा जाँदैछन् । प्रधानन्यायाधीशको नियुक्ति प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपतिबाट हुने प्रावधान रहेको छ ।