एमालेका सबै जनसंगठनले वेबसाइट र सामाजिक सञ्जाल सञ्चालन गर्ने

 काठमाडौँ - नेकपा एमालेका २३ वटै जनसंगठनहरूले आ–आफ्नै वेबसाइट र सामाजिक सञ्जालका खाताहरू सञ्चालन गर्ने भएका छन् ।

हिजो शुक्रबार भक्तपुरको डोलेश्वरमा बसेको जनसंगठन समन्वय संयन्त्रको १२औँ बैठकले सबै जनसंगठनले गरेका नियमित काम र उठाएका प्रमुख मुद्दाहरूलाई लक्षित वर्गसम्म पुर्‍याउन वेबसाइट निर्माणका साथै सबै प्रकारका सामाजिक सञ्जालका खाताहरू सञ्चालन गर्ने निर्णय गरेको हो ।

यस्तै संगठनका गतिविधिहरू समेटिएको वार्षिक मुखपत्र प्रकाशन गर्नुपर्ने निर्णय पनि बैठकले गरेको छ । साथै, आवश्यकता अनुसार बुलेटिन र दर्पण समेत निर्माण गरी सूचना र जानकारी सम्प्रेषण गर्न सकिने निर्णय बैठकले गरेको छ ।्