मिड सोलु हाइड्रोपावरको आईपीओ खुल्यो, कसले दिन पाउँछन् आवेदन ? 

साउन १४,काठमाडौँ । मिड सोलु हाइड्रोपावर लिमिटेडले आजदेखि साधारण सेयर आईपीओ जारी गरेको छ । कम्पनीले आजदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपीओ बिक्री खुलाएको हो ।

कम्पनीले स्थानीय र वैदेशिक रोजगारीमा गएकाहरुलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित ७ लाख ४८ हजार ४०० कित्ता सेयर बिक्री गर्नेछ । यो कम्पनीको कूल जारी पूँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशत हो ।

उक्त कित्ता सेयरमध्ये आयोजना प्रभावित सोलु नगरपालिकाको वडा नम्बर ३, ४, ५, ७ र ८ का स्थानीयलाई ५ लाख ६१ हजार ३०० कित्ता छुट्याइएको छ । यसबाहेक, १ लाख ७८ हजार १०० कित्ता सेयर जिल्लाबासीलाई छुट्याइएको छ । बाँकी सेयरमा वैदेशिक रोजगारीमा गएकाहरुले आवेदन दिन पाउनेछन् ।

कम्पनीले सोलुखुम्बुमा ९।५ मेगावाट क्षमताको नदी प्रवाहमा आधारित आयोजना बनाइरहेको छ । यसको लागत अनुमान २ अर्ब ८ करोड रुपैयाँ गरिएको छ । कम्पनीको आईपीओमा साउन २८ गतेसम्ममा आवेदन दिन सकिनेछ । यस अवधिमा सबै आईपीओ बिक्री नभएमा भदौ ११ गतेसम्म छुट्याइनेछ ।