प्रमुख तीन दलबीच संवैधानिक परिषदको बैठक बोलाउने सहमति

काठमाडौँ - प्रमुख तीन दलबीच संवैधानिक परिषदको बैठक बोलाउने सहमति भएको छ । आइतबार विहान प्रमुख तीन दलका शीर्ष नेताबीच भएको छलफलले संवैधानिक परिषदको बैठक बोलाउने सहमति भएको हो ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले यही शुक्रबार अनिवार्य अवकाश पाउने भएपछि प्रधानन्यायाधीश नियुक्तीको सिफारिस गर्न संवैधानिक परिषद बोलाउने दलहरुबीच सहमति भएको हो ।