माओवादी पदाधिकारी बैठक आज पुनः बस्दै

काठमाडौँ - नेकपा माओवादी केन्द्रको शनिबार बसेको पदाधिकारी बैठकमा पार्टीको आसन्न केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्ने भनिए पनि त्यस विषयमा ठोस निर्णय गर्न नसकेपछि आज अपराह्न ३ बजे पुनः बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको पार्टी पदाधिकारी बैठकमा आसन्न केन्द्रीय समिति बैठक कसरी सञ्चालन गर्ने भन्नेबारे केही छलफल भए पनि बैठकका एजेन्डा भने तय हुन सकेन् ।

शनिबार बसेको पदाधिकारी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष पम्फा भुषालले आफूले गरेको विदेश भ्रमणबारे जानकारी गराएका थिए । बैठकमा अध्यक्ष दाहालले कोशी प्रदेशको राजनीतिक अवस्थाबारे समेत ब्रिफिङ गरेका थिए । दाहालले शनिबार नेपाली कांग्रेसका पदाधिकारीहरुसँग भएको छलफल पदाधिकारी बैठकमा सुनाएका थिए ।