राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबीच एकता गर्ने सहमति

 काठमाडौँ - राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबीच एकता गर्ने सहमति भएको छ ।

यही साउन १६ गते राष्ट्रिय सभागृहमा दुई पार्टीबीच एकताको घोषणा गर्ने सहमति भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन् ।

राप्रपा नेपालका अध्यक्ष कमल थापा र मोर्चाका अध्यक्ष तारानाथ लुइँटेलसहित दुवै पक्षका वार्ता टोलीसहितका नेताहरुको उपस्थितिमा एकतासम्बन्धी सहमति भएको भन्दै राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले एकतापछि जनआन्दोलनको तयारीमा लाग्ने समेत बताए ।