सर्वोच्चद्वारा भाटभटेनीका मिनबहादुरसहित तीन जनालाई पक्राउ गर्नुको कारण माग

काठमाडौँ - सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपमार्केटका अध्यक्ष मिनबहादुर गुरुङसहित तीन जनालाई पक्राउ गर्नुको आधार र कारण माग गरेको हो ।

आफूलाई गैरकानूनी रुपमा थुनामा राखिएको भन्दै धर्मप्रसाद गौतम, सुधीरकुमार शाह र मिनबहादुर गुरुङले सर्वोच्च अदालतमा दिएको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले पक्राउ गर्नुको कारण माग गरेको हो ।