नेपालको राजनीति जटिल मोडमा पुगिसक्यो : अध्यक्ष श्रेष्ठ  

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले नेपालको राजनीतिक अवस्था जटिल मोडमा रहेको बताएकी छन्।

आइतबार काठमाडौँमा नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।

उनले दलहरूले जनताको आवाजलाई प्रतिनिधित्व गर्दै उनीहरूको आवश्यकता र आकांक्षा पूरा गर्नु रहेको बताइन्। उनले देशलाई समृद्ध र स्थायित्वको मार्गमा डोर्‍याउन राजनीतिक दलले नै भूमिका निर्वाह गर्नुपर्ने बताइन्।

उनले नेकपा एकीकृत समाजवादी पार्टीले यस दिशामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताइन्। उनले नागरिक उन्मुक्ति पार्टीले नागरिकको अधिकार र न्यायको लागि समान प्रतिबद्धता राखेको बताइन्।

श्रेष्ठले भनिन्, ‘दलहरूले जनताको आवाजलाई प्रतिनिधित्व गर्दै उनीहरूको आवश्यकता र आकांक्षा पूरा गर्दै देशलाई समृद्ध र स्थायित्वको मार्गमा डोर्‍याउन सक्नुपर्छ। यद्यपि दुःखका साथ भन्नुपर्छ, नेपालको राजनीतिक अवस्था जटिल मोडमा रहेको छ।’

अध्यक्ष श्रेष्ठले राजनीतिक अस्थिरता, आर्थिक असमानता, सामाजिक विभाजनले देशको विकास प्रक्रियामा अवरोध पुर्‍याइरहेको बताइन्।