विराटनगरमा भब्य रुपमा ‘श्रमाधान रोजगार मेला’ सुरू, प्रधानमन्त्रीद्वारा उद्घाटन

विराटनगर - आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्दै वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन कोशी प्रदेशको राजधानी विराटनगरमा ‘श्रमाधान रोजगार मेला’ सुरू भएको छ । 

श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजना र नेपाल उद्योग वाणिज्य महासंघको संयोजनमा मेला बिहीबार र शुक्रबार दुई दिन चल्नेछ । सरकारी र निजी क्षेत्रबीचको साझेदारी बढाउँदै रोजगारी सिर्जनालाई प्राथमिकता दिइएको मेलामा आवश्यक सीप र क्षमता विकासका विषयमा पनि जानकारी गराइने छ । रोजगारीसँग जोडिएका समस्या र गुनासा सुनेर समाधानका प्रयास हुने नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ ।

मेलाको मुख्य उद्देश्य रोजगारदाता र कामको खोजीमा रहेका युवालाई एउटै मञ्चमा मिलाउनु, युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्नु रहेको बताइएको छ । मेलामा सामी परियोजना, रेमी योजना, नेपाल उद्योग वाणिज्य महासंघ,नेपाल उद्योग परिसंघ,नेपाल चेम्बर अफ कमर्स,नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ,होटल संघ नेपाल लगायतका ५० वटा स्टल रहने छ ।