विद्यालयका नाम नेपाली नै हुनुपर्ने, विदेशी राखेमा कारबाही गर्ने 

काठमाडौँ - काठमाडौं महानगरपालिकाले विद्यालयको नाम विदेशी राखेमा कारबाही गर्ने चेतावनी दिएको छ । मेयर बालेन्द्र शाहले फेसबुकमा स्टाटस लेखेर महानगरको शिक्षा नियमावली स्मरण गराउँदै विद्यालयको विद्यालयको नाम र चिन्हमा एकरुपता ल्याउन निर्देशन दिएका छन् ।

महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ मार्फत महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित विद्यालयको नाम र चिन्हमा एकरुपता ल्याउन लागेको हो । यसबारेमा आज मेयर बालेन्द्र शाहले फेसबुक स्टाटसमार्फत थप प्रष्ट पारेका हुन् ।

नयाँ नियम अनुसार विद्यालयको चिन्ह षट्कोणको हुनेछ । विद्यालय व्यवस्थापन समितिले निर्णय गरी सो षट्कोणको बीचमा आफ्नो विद्यालयको छुट्टै चिन्ह राख्न सक्नेछ ।