काभ्रेमा गाई काटेको आरोपमा दुई महिला र एक पुरुष पक्राउ

काठमाडौँ । काभ्रेबाट प्रहरीले गाई काटेर बोरामा मासु बोकेर हिँड्दै गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

सोमबार साँझ धुलिखेल नगरपालिका-१२ ठूलीचौर जंगलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

पक्राउ पर्नेमा काभ्रेको नमोबुद्ध नगरपालिका-११ जिमिरेका ५६ वर्षीय इन्द्र बहादुर तामाङ, काभ्रेकै चिल्ले घर भएकी ३५ वर्षीया शान्ता लामा र झापा घर भई काभ्रेको डाँडा कटेरी माइत भएकी २६ वर्षीया ठूली तामाङ छन् ।

ठूलीचौर जंगलमा गाई काटेर बोरामा मासु लिएर नमोबुद्ध-११ तर्फ आउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनास्थलबाट गाईको छाला र खुट्टाहरु पनि बरामद भएको छ । नेपालको संविधानले गौहत्यालाई निषेध गरेको छ ।