भोजपुरमा १४ जना सवार बोलेरो भिरबाट खस्दा २ युवतीको मृत्यु, १२ जना घाइते

 काठमाण्डौँ - भोजपुरमा बोलेरो दुर्घटना हुँदा दुई युवीको मृत्यु भएको छ । दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय भोजपुरले दिएको जानकारी अनुसार आमचोक गाउँपालिका–८ पारकुवा भन्ने ठाउँमा सोमबार को १ ज २६१७ नम्बरको बोलेरो सडकबाट दुई सयमिटर तल खसेर दुर्घटनामा परेको हो ।

आमचोकबाट भोजपुरकै पारकुवातर्फ जाँदै बोलेरो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिए । 

उनले रुनाको घटनास्थलमै र शान्तिको उपचारका क्रममा धरानमा  अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जानकारी दिए । घाइते सबैलाई उपचारको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान  पठाइएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको उनले बताए ।