राष्ट्रपति रामचन्द्र पौडेल आज बेलुकी साढे ८ बजे स्वदेश फर्किने

काठमाडौँ - स्वास्थ्य उपचारका लागि आएका राष्ट्रपति रामचन्द्र पौडेल आइतबार स्वदेश फर्किने भएका छन् । नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्समा उनको उपचार हुँदै थियो । स्वास्थ्यमा क्रमिक सुधार भएपछि एम्स अस्पतालले उनलाई आइतबार डिस्चार्ज गरेको हो ।

बेलुकी साढे ८ बजेको नेपाल एयरलाइन्सको नियमित उडानबाट राष्ट्रपति पौडेल र उनीसँग आएको टोली फर्किने तयारी छ । राष्ट्रपतिका छोरा चिन्तन पौडेलले स्वास्थ्यमा सुधार हुँदै गएपछि चिकित्सकहरूको सल्लाहमा फर्किने निर्णय भएको बताए ।