नेपालमा थप ६० जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित कति ? 

काठमाडौँ - देशभर थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७३ जनाको नमूना परीक्षण गरिएको थियो ।

२ सय ७२ जनाको पीसीआर र १ हजार २ सय १ जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा ६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतबार ५५ जना संक्रमणमुक्त भएका छन् भने हाल ३ सय २८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाको संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।