घिमिरे र तिमिल्सिनाले गरे प्रतिनिधि सभा र राष्ट्रिय सभा सचिव सिफारिस

काठमाण्डौँ - प्रतिनिधि सभा र राष्ट्रिय सभामा नयाँ सचिव सिफारिस भएका छन् । आइतबार सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सचिव र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा सचिव सिफारिस गरेका हुन् ।

प्रतिनिधि सभा सचिवमा पदमप्रसाद पाण्डे सिफारिस भएका हुन् । उनी नायव महान्यायाधीवक्ता हुन् ।  यस्तै राष्ट्रिय सभा सचिवमा सुरेन्द्र अर्याललाई सिफारिस गरिएको छ। उनी संसद सचिवालयकै सहसचिव हुन् ।

प्रतिनिधिसभा सचिव गोपालनाथ योगी र राष्ट्रिय सभा सचिव राजेन्द्र फुयालको कार्यकाल वैशाख १५ मा सकिएको थियो । दुवैको कार्यकाल सकिएपछि सभामुख र अध्यक्षले नयाँ सचिव नियुक्ति लागि कार्यवाहक राष्ट्रपति  रामसहायप्रसाद  यादवसमक्ष सिफारिस गरेका हुन् ।

घिमिरे र तिमिल्सिनाले गरेको सिफारिसलाई राष्ट्रपतिले स्वीकृत गरेपछि उनीहरूको नियुक्ति हुनेछ ।