पोखरामा बस दुर्घटना भएर सडकमा ठाडै उभियो, सामाजिक सञ्जालमा ‘भाइरल’

पोखरा - पोखराको लेखनाथमा भएको बस दुर्घटनाको तस्बीर सामाजिक सञ्जालमा भाइरल भएको छ । लेखनाथको अर्चलेमा ग १ ख ८६८० नम्बरको बस अर्चलेमा दुर्घटना हुँदा ठाडो भएको थियो ।

बसमा चालक र सहचालक मात्र रहेको र दुवै जना घाइते भएको प्रहरीले जनाएको छ । बस दुर्घटना भएर सडकमा ठाडै उभिएको तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।