बागमती प्रदेश सभा बैठक सोमबार बस्दै, बिश्वासको मत पनि लिईने 

मकवानपुर - बागमती प्रदेशसभाको बैठक सोमबार बस्ने भएको छ । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको बैठक चैत १९ गते सोमबार दिउँसो १ बजे बस्ने जानकारी दिए ।

बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल हुने सभामुख पाठकले बताए ।  प्रदेशसभाको बैठक बस्नुपूर्व सभामुख पाठकले कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत आह्वान गरेका हुन् । 

कार्य व्यवस्था परामर्श समितिको बैठक चैत १८ गते आइतबार दिउँसो ३ बजे बस्ने तय भएको छ ।