झापामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

काठमाडौँ । झापामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा कमल गाउँपालिका-५ स्थित बाह्रकोठे निवासी ५८ वर्षीया खड्ग माया लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए।

हात्तीले सुँडले मायालाई घिसारी दाहिने खुट्टाको घुँडादेखि मुनि चुटाई छेद विच्छेद गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक गिरीले बताए।

तीन दिनअघि मात्र जिल्लामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको थियो।