रोकिएको बसमा कारले ठक्कर दिँदा ३ जना घाइते  

काठमाडौँ । तनहुँमा रोकिराखेको बसलाई कारले ठक्कर दिँदा ३ जना घाइते भएका छन्। शनिबार बिहान पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-१ गुणादीमा दुर्घटना भएको हो।

पोखराबाट दमौलीतर्फ गइरहेको ना ५ ख ५३५९ नम्बरको बसको पछाडिको भागमा सोही दिशाबाट आइरहेको बागमती बि एसी ५७४० नम्बरको कार ठोक्किएको थियो।

दुर्घटनामा कार चालक कास्कीको पोखरा महानगरपालिका-२५ का ३१ वर्षीय विकास त्रिपाठीसँगै सवार पोखरा-१६ का ३२ वर्षीय विकास बानियाँ र पोखरा-१९ का ३१ वर्षीय सञ्जिव भण्डारी घाइते भएको जिल्ला प्रहरी कार्यालय, तनहुँले जानकारी दिएको छ।

घाइतेको रत्नहरी मेमोरियल अस्पताल दमौलीमा उपचार भइरहेको छ।