पोखरामा बस दुर्घटना हुँदा चालकसहित दुई जना घाइते 

काठमाडौँ । पोखरामा शनिबार बिहान बस दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका छन्।

लेखनाथ क्षेत्रको आरुपाटाबाट पोखरा आउँदै गरेको ग१ख ८६८० नम्बरको बस अर्चलेमा दुर्घटना भएको हो ।

दुर्घटनापछि बस पल्टिएर ठडिएको छ। घटनामा घाइते दुई जनालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार बसमा चालक र सहचालक मात्र थिए।