घरको लिफ्टबाट खसेर इन्जिनियरको भट्टराई मृत्यु  

काठमाडौँ । घरको लिफ्टबाट खसेर इन्जिनियरको मृत्यु भएको छ । मंगलबार पोखरा महानगरपालिका–६ खहरेचोकस्थित चिनिमाया भण्डारीको निर्माणाधिन घरको लिफ्टबाट खसेर ३७ वर्षीय प्रविण भट्टराईको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकको अनुसार  मृतक पोखरा रत्नचोकका ३७ वर्षीय प्रविण भट्टराई रहेका छन् ।

उनी घरको छतमा तातोपानीको सर्वेका लागि पुगेका थिए। ‘घरको पाचौं तल्लाबाट अचानक खस्दा सख्त घाइते भएका थिए,’ डिएसपी विकले भने। घाइते भट्टराईको गण्डकी मेडिकल कलेजमा उपचारकै क्रममा मृत्यु भएको हो।

मृतक भट्टराई पोखरा न्युरोडमा रहेको मुक्ती इनर्जी प्रालिको इन्जिनियर हुन्। घटनाको सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।