शहीदको आकांक्षालाई साकार बनाउन सबैले आ- आफ्ना तर्फबाट निर्वाह गर्नुपर्छ :   राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र गणतन्त्रको मर्मलाई आत्मसात् गर्दै दिगो शान्ति, सुशासन र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताए ।

राष्ट्रपति पौडेलले शहीदको आकांक्षालाई साकार बनाउन सबैले आ- आफ्ना तर्फबाट निर्वाह गर्नुपर्ने भूमिकालाई इमानदारीकासाथ पूरा गर्न यस दिवसले थप प्रेरित गरोस् भन्ने कामना गरेका छन् ।