दक्षिण अफ्रिकाको नेपाली राजदूतमा तामाङ नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दक्षिण अफ्रिकाका लागि नेपालका राजदूत  नियुक्त गरेका छन् ।

मंगलबार राष्ट्रपति पौडेलले दानबहादुर तामाङलाई केन्या र बोत्सवानाका लागि समेत गैरआवासीय नेपाली राजदूतको जिम्मेवारी दिएका हुन् । 

उनलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।