पूर्वराष्ट्रपति भण्डारीद्धारा केपी शर्मा ओलीलाई सर्वाधिक प्रतिभाशाली नेताका रूपमा चित्रण 

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सर्वाधिक प्रतिभाशाली नेताका भएको बताएकी छन् ।

मंगलबार काठमाडौँमा ‘संसद्‌मा केपी शर्मा ओली’ नामक पुस्तक विमोचन गर्दै उनले यस्तो बताएकी हुन् ।

ओली सबैका निम्ति प्रेरणा र ज्ञानको स्रोत भएको बताउँदै पुस्तकले नेपाली संसद्को इतिहास, तत्कालीन राजनीतिक अवस्था र परिवर्तनका विषयमा एमालेले खेलेको भूमिका उजागर गरेको बताइन् । 

उनले भनिन्, ‘उहाँ राजनीतिक साथै कला, साहित्य, संस्कृति एवं धर्मदर्शन र विज्ञानलगायत विषमा समेत गहन ज्ञान भएको नेता हुनुहुन्छ । सघन अध्ययन र संघर्षमय जीवनको लामो अनुभवले खारिनुभएका नेता ओली हाम्रा लागि सदैव प्रेरणा र ज्ञानको स्रोत हुनुहुन्छ ।   ’