भ्रष्टाचारको सूचकांकमा नेपालको दुई स्थान सुधार, ३५ अंक पाएर १०८औं स्थानमा

काठमाडौँ । भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई)  २०२३ मा नेपालले दुई स्थान सुधार गरेको छ ।

मंगलबार ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सार्वजनिक गरेको सीपीआईमा सन् २०२३ मा १०० मा ३५ अंक पाएर नेपाल १०८औं स्थानमा परेको बताइएको छ ।  अघिल्लो वर्ष नेपाल ३४ अंकसहित ११० औँ स्थानमा थियो ।

‘गतवर्षको तुलनामा नेपालको अंकमा यस वर्ष केही सुधार भए तापनि भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै यस वर्ष पनि नेपाल कायमै रहेको छ,’ जारी विज्ञप्तिमा उल्लेख छ ।

विश्वका १८० देशहरूलाई समेटेर तयार गरेको प्रतिवेदनअनुसार ९० अंकसहित डेनमार्क कम भ्रष्टाचार हुने देशमा परेको छ भने सोमालिया ११अंकसहित सबैभन्दा धेरै भ्रष्टाचार हुने देशमा परेको छ ।