विद्यादेवी भण्डारीद्धारा ‘संसद्‌मा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण

काठमाडौँ ।  ‘संसद्‌मा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण गरिएको छ ।

काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा पूर्वराष्ट्रपति विद्या भण्डारीले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा गरेको सम्बोधनलाई संकलन गरेर प्रकाशित गरिएको सो पुस्तक लोकार्पण गरेकी हुन् ।

उक्त पुस्तकमा २०४८ देखि २०७४ सालसम्म ओलीले सम्बोधन गरेका विषयलाई समावेश गरिएको छ । ओलीले संसद्को २३ वटा अधिवेशनमा भाग लिएको पनि पुस्तकमा उल्लेख गरिएको लेखक सानीमैया खड्काले जानकारी दिइन् ।