चन्द्रपुर : रौतहटको चन्द्रपुर नगरपालिका–६ डावरीटोलबाट प्रहरीले ब्राउन सुगर र नगदसहित दुई जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरलाई प्राप्त विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बुधबार साँझ करिब ६ः३० बजे चन्द्रपुर–६ डावरीटोल निवासी २६ वर्षीय निराशकुमार सापकोटालाई नियन्त्रणमा लिएको जनाएको छ ।प्रहरीले सापकोटाको शरीर तथा साथमा रहेको पर्स तलासी गर्दा कालो प्लास्टिकमा बेरेर लुकाइछिपाइ राखिएको खैरो हिरोइन (ब्राउन सुगर) जस्तो देखिने धुलो पदार्थ फेला पारेको