रौतहट : गढीमाई नगरपालिका–२ समनपुर बजारमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक वृद्धको मृत्यु भएको छ।बिहीबार दिउँसो गरुडा–समनपुर सडकखण्डमा समनपुरबाट हजरियातर्फ जाँदै गरेको ना ३ त २३३७ नम्बरको ट्याक्टरले सोही दिशातर्फ गइरहेको प्रदेश २–०३–००२ प ९८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।दुर्घटनामा गढीमाई नगरपालिका–४ सुन्दरपुरका ६० वर्षीय रामानन्द महरा गम्भीर घाइते भएका थिए। उनलाई तत्काल गरुडास्थित बेटर नेपाल अस्पताल