स्वामी अवधेशानन्द गिरिको नेपाल यात्रा सभ्यतागत संवादको अवसर

  • बिहीबार ४ असार २०८३ ०४:०० PM
‘सही ज्ञान सूचना मात्र होइन, रूपान्तरण हो।’ यो विचार हिन्दू धर्मको सबैभन्दा ठूलो सन्यासी परम्परामध्ये एक-जूना अखाडाका आचार्य महामण्डलेश्वर स्वामी अवधेशानन्द गिरिजी महाराजको हो। यो वाक्यले उनको सम्पूर्ण आध्यात्मिक दृष्टिकोणलाई संक्षेपमा व्यक्त गर्छ। उनका लागि ज्ञान पुस्तकमा सीमित सूचना होइन, व्यक्तित्व, समाज र सभ्यतालाई रूपान्तरण गर्ने चेतना हो।हजारौँ सन्यासीका मार्गदर्शक, लाखौँ श्रद्धालुका प्रेरणास्रोत तथा अन्तर्राष्ट्रिय रूपमा सम्मानित आध्यात्मिक व्यक्तित्व स्वामी अवधेशानन्द गिरि अस