यातायात क्षेत्र सुधार्न सरकार र व्यवसायीबीच एकता आवश्यकः अध्यक्ष श्रेष्ठ

  • बिहीबार ४ असार २०८३ ०५:२४ AM
काठमाडाैं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयुसीसी) का अध्यक्ष विनोद श्रेष्ठले यातायात क्षेत्रमा विद्यमान समस्याहरूको समाधानका लागि सरकार, व्यवसायी र श्रमिकबीचको त्रिपक्षीय सहकार्य र एकतामा जोड दिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रिय कार्यकारिणी समितिको पदस्थापन तथा शपथ ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले सो धारणा व्यक्त गरेका हुन्