काठमाडौं : सरकारले असारसम्म पुग्ने मल रहेको बताउँदै आएको छ तर किसानहरू मल नपाएको अवस्था छ। संसद्मा समेत मल अभावको विषय दिनहुँ आवाज उठिरहेको छ। बुधबारको प्रतिनिधिसभामा सत्तारूढ दलकै सांसदहरूले मल अभावको विषय उठाएका छन्।रास्वपा सांसद शोभा खनालले किसानलाई पर्याप्त मात्रामा रासायनिक मलको व्यवस्था गर्न सरकारसँग माग गरेकी छिन्। उनले किसानले मलको अभावबारे व्यहोर्न परेको समस्याप्रति सरकारको ध्यान आकृष्ट गरेकी छन्। उनले भनिन्, ‘मल उपलब्ध नहुँदा उत्पादनमा कमी आउने, किसानको लागत बढने तथा खाद्य स