बेवारिसे अवस्थामा भेटिएका दुई भारतीय कार रूपन्देहीमा बरामद

  • बिहीबार ४ असार २०८३ ०२:५६ AM
भैरहवा । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ शहीदपथ क्षेत्रबाट प्रहरीले बेवारिसे अवस्थामा रहेका दुई वटा भारतीय नम्बर प्लेटका कार बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देही र इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकास्पद रूपमा पार्किङ गरेर छाडिएका ती सवारीसाधन फेला पारी नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार बरामद गरिएका सवारीसाधनमध्ये युपी ५३ बिडी