वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण र श्रमिकका समस्या समाधानका लागि वैदेशिक रोजगार विभागले सक्रियता बढाएको छ । विभागले सार्वजनिक गरेको आजको विवरणअनुसार, मुद्दा तथा अनुसन्धान शाखामा २९ वटा नयाँ जाहेरी दर्ता भएका छन् । विभागले ठगीमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउन तीव्र रूपमा काम गरिरहेको जनाएको छ । पछिल्लो विवरणअनुसार २८ वटा पक्राउ पुर्जी जारी