१७ अंकले घट्यो नेप्से, कारोवार रकम कति ? 

काठमाडौँ - कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजारमा गिरावट आएको छ । उक्त दिन बजार १७.९३ अंकले घटेर १८७६ को विन्दुमा कायम हुन पुगेको हो । आज नेप्से आधा घण्टा ढिला खुल्ला भएको थियो ।

आज नेप्सेमा कारोबार भएको २८५ कम्पनीको ३५ लाख ५९ हजार ६०१ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १ करोड ४१ लाख ९५ हजारको कारोबार भएको छ । बजारमा गिरावट आएसँगै १२ वटा उपसूचकमा राताम्मै भएको छ ।

सेयर बजारमा गिरावट आउँदा बुद्धभुमी नेपाल हाइड्रोपावरको सेयरमा नकरात्मक सर्किट लाएको छ । कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले घटेको छ । त्यसैगरी, अभियान लघुवित्तको ७.०३ प्रतिशत, महुली लघुवित्तको ५.३० प्रतिशत, श्वेत गंगा हाइड्रोपावरको ५.२७ प्रतिशत र यूनिलिभर नेपालको ५.०९ प्रतिशतले घटेको छ ।