हल्लियो बझाङ !

बझाङ - बझाङको चैनपुर केन्द्रबिन्दु भएर भूकम्पको गएको छ । मंगलबार साँझ ६ः४४ बजे चैनपुर आसपास भएर ४।१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि मंगलबार भक्तपुर र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको थियो ।