बलुचिस्तान बिस्फोटमा मृत्यु हुनेको संख्या ५२ पुग्यो

काठमाण्डौँ - पाकिस्तानको बलुचिस्तानमा शुक्रबार भएको आत्मघाती बिस्फोटमा मृत्यु हुनेको संख्या ५२  पुगेको छ । मृत्यु हुनेमा एक उच्च प्रहरी अधिकृत पनि छन् ।

पाकिस्तानको द डन समाचारपत्रका अनुसार बलुचिस्तानको मास्तुङ जिल्लामा एउटा मस्जिद नजिकै  सुरू हुन लागेको र्‍यालीमा आत्मघाती बिस्फोट भएको हो ।

बिस्फोटमा परी १३० भन्दा बढी मानिस घाइते भएका छन्। बिस्फोटको अहिलेसम्म कसैले जिम्मा लिएको छैन ।