प्रचण्डले बोलाएको सर्वदलीय बैठक स्थगित

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको सर्वदलीय बैठक स्थगित भएको छ।

बर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न अध्यक्ष प्रचण्डले आइतबार बिहान १० बजे बस्ने गरी बैठक आह्वान गरेका थिए।

उद्धार र राहतका लागि सरकारले पहल गर्न ढिलो गरेको भन्दै प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले प्रचण्डले शनिबार राति नै सर्वदलीय बैठक आह्वान गरेका थिए।

सरकारले नै सर्वदलीय बैठक बोलाएकाले छुट्टै बैठक गरिरहन आवश्यक नदेखेर स्थगित गरिएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।