पहिरोले धनकुटाको माझगाउँ नै जोखिममा  

काठमाडौँ । धनकुटाको पाख्रीबास नगरपालिका-६ स्थित माझगाउँमा अविरल वर्षासँगैको पहिरोले गाउँ नै जोखिममा परेको छ।

जोखिममा रहेका करिब एक दर्जन भन्दा बढी घरपरिवारलाई सुरक्षित स्थानमा बस्न लगाएको वडाध्यक्ष देवेन्द्र गुरागाईँले बताए।

वर्षा रोकिएकाले बस्ती नै स्थान्तरण गर्नुपर्न अवस्था नरहेको उनले बताए। उनले विपत व्यवस्थापनका लागि सबैसँग समन्वय गरिरहेको जानकारी दिए।

यता पहिरोले गोठ बगाउँदा चारवटा चैपाया मरेका छन्। केही दिनदेखिको अविरल वर्षाका कारण स्थानीय ६४ वर्षीया आशपति तामाङको एउटा, रागो, दुईवटा बाख्रा र एउटा खसी मरेका छन्।

माथिबाट आएको पहिरोले गोठ बगाएपछि पशुचौपाया समेत मरेका थिए। पानीसँगै पहिरोले गोठ बगाउँदा पूर्णरूपमा क्षति भएको वडाध्यक्ष गुरागाईँले जानकारी दिए।