चलचित्र ‘परदेशी–२’ को नयाँ गीत ‘परदेशी छुकछुके रेलैमा’ सार्वजनिक

काठमाण्डौँ - चलचित्र ‘परदेशी–२’ को नयाँ गीत ‘परदेशी छुकछुके रेलैमा’ सार्वजनिक भएको छ । झ्याउरे भाकाको गीतमा प्रकाश सपुत, केकी अधिकारी र प्रशान्त तामाङलाई देखाइएको छ  ।

नारायण रायमाझी निर्देशन रहेको गीतमा  रायमाझीसँगै तेजेन्द्र गुरुङ, टीका पुन, देवी घर्ती र ममता गुरुङको आवाज सुन्न सकिन्छ । गीतको शब्द पनि निर्देशक रायमाझी स्वयम्ले कोरेका छन् ।  गीतमा प्रेमदेव गिरीले सङ्गीत दिएका छन् ।  

राजेश वंशलको निर्माण गरेको चलचित्र वर्षा सिवाकोटी, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, सविन बास्तोला, देवेन्द्र बब्लुलगायतको अभिनय छ । चलचित्रको कथा एवं पटकथा रमेश बिजीले लेखेका हुन् । मानकृष्ण महर्जनको छायाङ्कन रहेको चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका छन् भने चलचित्र दसैँको छेको पारेर असोजको २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।