नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाने शिक्षकविरूद्ध मुद्दा दर्ता 

काठमाडौँ -अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएको भन्दै कैलालीस्थित दशरथ माध्यमिक विद्यालयका राहत शिक्षक महेश शाहविरूद्ध मुद्दा दायर गरेको हो । 

आयोगले घोडाघोडी नगरपालिका २ साडपानीस्थित श्री दशरथ माध्यमिक विद्यालयमा रातह शिक्षकमा कार्यरत शाहमाथि आज विशेष अदालत काठमाडौंमा आरोप(पत्र दाय गरेको हो । 

आयोगका प्रवक्ता भोला दाहालले शाहको शैक्षिक योग्यताको प्रमाणपत्र छानबिन गर्न  परेको उजुरीका आधारमा अनुसन्धान हुँदा प्रमाणपत्रहरू झुट्टा प्रमाणित भएपछि मुद्दा दायर गरेको जानकारी दिए ।