बाढी पस्दा रौतहट सदरमुकाम गौर बजार अस्तव्यस्त

काठमाडौँ । बागमती, लालबकैया र झाझ खोलामा आएको बाढी पस्दा सदरमुकाम गौर बजारको जनजीवन प्रभावित भएको छ। बाढीले सदरमुकामका अधिकांश सडक डुबानमा परेको छ। घरहरूमा समेत पानी पसेको छ।

विशेषगरी बीपीचोकको सडक छेउका केही घर बाहेकका सम्पूर्ण क्षेत्र डुबानमा परेको छ। गौर आँखा अस्पताल, सिसवा, सिर्सिया, सपगढा लगायत वडामा राति १२ बजेदेखि नै बाढी पसेको छ।

बाढीका कारण कति मानिस प्रभावित भएका छन् भन्ने यकिन विवरण प्राप्त भएको छैन। उद्धार कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानतर्फ सार्ने प्रयास भइरहेको छ।

यसैबीच, नेपाल विद्युत् प्राधिकरणले गौरको ३३र११ केभी सब स्टेशनको केबल ड्रोनमा पानी भरिएको कारण विद्युत् आपूर्ति बन्द गरेको छ।