राष्ट्रपतिद्वारा तीन देशका लागि राजदूत नियुक्त

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले तीन देशका लागि राजदूत नियुक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले सुधीर भट्टराईलाई गणतन्त्र फ्रान्सका लागि, तेजबहादुर क्षेत्रीलाई संयुक्त अरब इमिरेट्स र घनश्याम लम्साललाई कुवेतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले उनीहरूलाई नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।