एमालेको सचिवालय बैठक बस्दै  

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने छ ।

बुधबार बसेको केन्द्रीय कार्यालयको बैठकले सचिवालय बैठकका कार्यसूची तय गरेको थियो । सचिवालय बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावमा छलफल गर्ने गरी कार्यसूची तय गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

बैठकले तेस्रो चरणको पार्टीका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ । उक्त कार्यक्रम २०८४ को चुनाव लक्षित हुने केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले जानकारी दिए ।

गत चुनावमा अपेक्षित नतिजा नआएपछि एमालेले मिसन(२०८४ का दुई चरणका जनपरिचालनका कार्यक्रम सम्पन्न गरिसकेको छ ।