भारत गएका माओवादी नेताहरू फर्किए, के-के विषयमा भए कुराकानी ?

काठमाडौँ - भारतको भ्रमणमा रहेका सत्तारूढ दल नेकपा माओवादी केन्द्रका नेताहरू स्वदेश फर्किएका छन् । भारतीय जनता पार्टी भाजपाको निम्तो मान्न भएका नेताहरू स्वदेश फिर्ता भएका हुन् ।

माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा भारत गएको भ्रमण टोलीमा सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्यहरू सुरेशकुमार राई र रामेश्वरराय यादव रहेका थिए ।

भाजपाले विश्वभरिका राजनीतिक दलहरूसँग सबन्ध विस्तारका लागि विभिन्न देशका पार्टीहरूलाई निमन्त्रणा गर्दै आएको छ । यहीअन्तर्गत उसले माओवादीलाई बोलाएको हो ।