पशुपतिमा सुन खाएको बिषय मेराे सरोकारको कुरा होइन : अध्यक्ष ओली

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरको जलहरीका विषयमा आफ्नो कुनै सरोकार नभएको बताएका छन्।

बिहीबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले जलहरी बिषयमा आफ्नो सरकारले पशुपति क्षेत्र विकास कोषलाई पैसामात्रै दिने काम गरेको भन्दै अन्य बिषयमा आफ्नो कुनै सरोकार नभएको बताएका हुन्।